पत्रकारलाई बाहिर निकालेर प्रधानको सुनुवाइ

काठमाण्डु टुडे २०८१ साउन ९ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, ९ साउन– आज बुधबार निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ जारी छ । समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन । उनले भने, ‘मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन, ‘अदालतमा गएर प्रमाण दिन नसकेको स्वीकार गर्ने अनि कानुनी रूपमा कमजोर भएको विषयलाई सुनुवाइ हुन लागेपछि समितिमा दुरासय राखेर उजुरी दिएकाले तपाईहरूको विवेकमा छोडिदिन्छु ।’

बैठकमा प्रधानले आफ्नो कुरा राखिसकेपछि समितिमा रिपोर्टिङमा गएका पत्रकारहरूलाई बाहिर निकालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us