विमान दुर्घटनामा ज्यान गुमाएकाहरु सबैको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाण्डु टुडे २०८१ साउन ९ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पुर्याइएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने स्रोतको दाबी छ ।

सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको स्रोतले जानकारी दिएको छ । बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us