काठमाण्डु, ९ साउन–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ ।
आज बुधबार बिहान ११ बजे तिर काठमाण्डुबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।
दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको विमानस्थका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन ।