
काठमाण्डु, ८ साउन– एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्गो लगाएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयमा मन्त्रीहरूको नाम टुङ्गो लगाएको एमाले बागमीता एक नेताले जानकारी दिएका छन ।
जसअनुसार भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाण्डु), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाण्डु) को नाम टुङ्ग्याएको ति नेताले जानकारी दिए ।
उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।एमालेले बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाउने स्रोतले जानकारी दिएको छ ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।