गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

काठमाण्डु टुडे २०८१ साउन ८ गते ९:२६ मा प्रकाशित

काठमाण्डु, ८ साउन– रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् ।

प्रहरीले बुढानीलकण्ठ–१० कपनबाट घलेसहित १० जनालाई शनिबार राति जुवाखालबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जुवाडे समूहको साथबाट १ लाख ३५ हजार नगद र ६ बुक तास बरामद जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । घले सात वर्षअघि मानव तस्करी मुद्धामा पनि पक्राउ परेका थिए ।

उनी २०७९ वैशाख अन्तिम साता सम्पन्न निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us