काठमाण्डु, ६ साउन– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका तर्फबाट सरकारमा सहभागी ४ मन्त्रीलाई राजीनामा दिन लगाएर माओवादीले समर्थन फिर्ता लिएको हो ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री यमलाल कँडेललाई दिएको समर्थन फिर्ता दिएकोबारे जानकारी गराएका छन् ।
कँडेल माओवादी समर्थनमा गत २७ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै कँडेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।
संघमा भएको सहमतिअनुसार अब उमाले नेतृत्वको सरकारमा काँग्रेस सहभागी हुनेछ । मुख्यमन्त्रीमा भने कँडेलले नै निरन्तरता पाउने सम्भावना छ ।