प्रधानमन्त्री विषयान्तर भएपछि वर्षमान उठे, सभामुखले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए

काठमाण्डु टुडे २०८१ साउन ७ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति व्यक्त गरेका छन ।

आज (समोबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विद्युत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति जनाएका थिए ।

उनले सभामुखमार्फत प्रधानमन्त्रीले गालिगलो गलोज गरेको भन्दै आपत्ति जनाएका थिए । पुनको कुरा सुनेपछि प्रधानमन्त्रीले कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित गर्न ध्यानाकर्षण गराएका थिए । त्यसपछि फेरि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको बताएका थिए । त्यसपछि मात्र प्रम ओलीले सांसद धनराज गुरुङले गरेको प्रश्न दिन थालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us