काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले विद्युत् महसुलबारे सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले सरकारले लिनुपर्ने महसुल तिर्नुपर्ने भन्दै प्रयोग नगरेको महसुल तिर्नुनपर्ने भनेको जवाफ दिएका छन ।
उनले भने, ‘प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश वर्षदेखि यो विषय चलिरहेको छ । लाइन काटिन्छ’, उनले प्रश्न गर्दै भने किन यस्तो भइरहेको छ ।
उनले आफूलाई कुनै लपनछपन गर्नु नरहेको पनि बताए । ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन । कुनै बैठक र कुनै तन्त्रपछि कुद्नुछैन’, प्रधानमन्त्रीले भने, ‘६० वर्ष राजनीतिक जीवन पुरा गरेको भन्दै बाँकी जीवन पनि स्वच्छताका साथ बेतित गर्छु ।’
उनले हिजोमात्रै तिर्नुपर्ने र नपर्ने छुट्याउँछु भनेको भन्दै आफूले बोलेको कुरा संसदमा रेकर्ड रहेको बताए । उनले जनताले छानेका प्रतिनिधिहरुले सोही अनुसार व्यवहार गर्नुपर्ने पनि बताएका छन ।
ओलीले कहिले सुन र पित्तलको कुरा गरेको र कहिले झुटा लाञ्छना लगाउने कुरामा सांसदहरूलाई जबाफदेही बन्न सुझाव दिएका छन ।