पूर्वराज्यमन्त्री राय हत्यामा संलग्नलाई कडा कारबाही गर्न राप्रपाको माग

काठमाण्डु टुडे २०८१ साउन ७ गते १२:४३ मा प्रकाशित

 काठमाण्डु, ७ साउन– राप्रपाले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । गए राति सर्लाहीस्थित घरमा रायको हत्या भएको थियो ।

आज सोमबार विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सरकारसँग माग गरेका हुन्।

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य, तराई–मधेस क्षेत्रको लोकप्रिय नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us