जब पूर्वमन्त्रीसँग कर्मचारीले ५ हजार घूस खाए…

काठमाण्डु टुडे २०८१ साउन ६ गते १९:४९ मा प्रकाशित

काठमाण्डु, ६ साउन– जनता समाजवादीका सांसद एवं निवर्तमान वन तथा वातावरणमन्त्री विरेन्द्र महतोले आफूले सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ५ हजार घूस खुवाएको बताएका छन् ।

प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बोल्ने क्रममा आइतबार प्रतिनिधिसभा बैठकमा महतोले छोराको शैक्षिक योग्यताको प्रमाणपत्र समकक्षता (इक्युभ्यालेन्ट) लिन जाँदा घूस खुवाउनुपरेको बताए ।

‘एउटा अधिकृतले कागज मिलेको छैन भन्यो । त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गयो । चार बजेसम्म कुरेँ आएनन् । म गएर बिचौलियालाई ५ हजार दिएँ । ५ मिनेटमा काम भयो’ उनले भने ।
महतोले मुलुकमा विचौलिया र भ्रष्टाचारले जरा गाडेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us