ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ साउन ६ गते १८:५१ मा प्रकाशित

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन प्रप्त गरेका छन । प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन ।

प्रतिनिधि सभाका २७५ सदस्यमध्य आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका हुन । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

आजको संसद बैठकमा २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us