स्वर्णिम वाग्ले संसदको पहिलो लहरकै कुर्सीमा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, ६ साउन– आज आइतबार बसेको प्रतिनिधि सभामा रास्वपा भित्र उपसभापतिको बरियता क्रमलाई लिएर किचलो भएको छ । पछिल्ला संसद बैठकमा समेत त्यो झल्किन गएको छ ।

रास्वपामा सभापति रवि लामिछानेपछि उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले मध्ये कसको बरियता माथि भन्ने खटपट बीच वाग्ले आज पहिलो लहरमा देखिएका हुन ।

गत ३१ असारको प्रतिनिधि सभाको बैठकमा सभापति लामिछाने र उपसभापति अर्याल मात्र पहिलो लहरमा थिए । आइतबार बसेको बैठकमा वाग्ले पनि पहिलो लहरैमा देखिएका हुन् ।

असार ३१ गते रास्वपा सभापति लामिछाने र अर्याल माओवादी केन्द्रका सांसदहरू रहेको ‘रो’ मा सँगै थिए । आइतबार अर्याल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेको ‘रो’ मा सरे । सोही लहरमा रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्ले सँगै देखिएका हुन् ।

असार ३१ गते वाग्ले अगाडिको ‘रो’ मा बस्न खोजेका थिए । तर सभापति लामिछाने र उपसभापति अर्याल पहिलो ‘रो’ मा बसेपछि वाग्लेका लागि ठाउँ भएन । त्यसपछि वाग्लेले दोस्रो लहरको कुर्सीमा बस्न इन्कार गरे र पछाडि गएर बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us