सरकारले आर्थिक शिथिलता चिर्दै रोजगारी सिर्जनामा ध्यान दिनेछ: देउवा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १५:०३ मा प्रकाशित

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले नेतृत्वको सरकारले देश विकासका लागि काम गर्ने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन सम्बोधन गर्दै देउवाले स्थिर र मजबुत सरकार निर्माणपछि विकास निर्माणको कामलाई जोड दिने बताएका छन ।

कांग्रस सभापति देउवाले भने, ‘वर्तमान सरकारले आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, ‘दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेछ ।’

उनले यसबाट राजश्व सङ्कलन बढेर जनचाहना बमोजिमका विकास निर्माणका काम गर्न सकिने पनि बताएका छन ।यसबाहेक भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान समेत यो गठबन्धनले काम गर्ने कांग्रेस सभापति देउवाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us