०८३ असारसम्म ओली प्रधानमन्त्री, त्यसपछि देउवा !

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको ओलीले जानकारी दिएका छन ।

गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन । उनले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने जानकारी दिएका छन ।

उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने’ ।

असार १७ को सहमति कार्यान्वयन भइरहेमा अब ओली २०८३ असारसम्म प्रधानमन्त्री बन्ने देखिएको छ । त्यसपछि देउवाले चुनावअघिसम्म सरकारको नेतृत्व गर्ने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us