प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्विप जारी

काठमाण्डु टुडे २०८१ साउन ६ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– कांग्रेसले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् ।

बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट नेपाली विद्यार्थी एवं अन्य नेपाली प्रभावित भई स्वदेश फिर्तिमा समेत समस्या भइरहेको समाचारहरू आइरहेको भन्दै इच्छुकहरूलाई स्वदेश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह समेत गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us