लामिछाने इङ्गित खतिवडाको कटाक्ष: सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन गर्नु पर्याे

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– कांग्रेस सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न संसदमा माग गरेका छन । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो माग गरेका हुन ।

उनले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरे ।

उनले भने, ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन रु यो पत्र कसैलाई थाहा नदिई, कसैलाई पनि चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा आउँछ उपसभामुखको पनि एक जनासँग चिनजान भएको अवस्थामा ५ जनालाई सिफारिस भएको छ । यो कसले किन के प्रयोजनका लागि गरेको हो ?

संसद्को मात्र हैन देशको अपमान भयो ।’ पैसा लिएर भोलि सिफारिस गर्ने काम गरे संसद्को इज्जत के हुन्छ भन्दै प्रश्न गरेका छन । उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us