माधव नेपालका सांसदलाई ‘फ्लोर क्रस’ गराउने ओली प्रयास विफल

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेकपा एकीकृत समाजवादीका चार सांसदलाई प्रतिनिधिसभामा ‘फ्लोर क्रस’ गराउने प्रधानमन्त्री केपी ओलीको प्रयास विफल भएको छ । 
३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आज प्रतिनिधिसभामा विश्वासको लिँदैछन् । प्रेम आलेसहित समाजवादीका चार सांसदलाई आफ्नो पक्षमा विश्वासको मत दिन ओलीले आग्रह गरेका थिए ।

उनले समाजवादी राष्ट्रिय दल नभएकाले दलीय ह्वीप उल्लंघन गर्दा सांसद पद खारेज गर्न नमिल्ने तर्क गरेका थिए । तर, विद्रोह गर्ने मनस्थितिमा रहेका समाजवादीका सांसदहरुले त्यसको सुनिश्चिचता खोजे ।

ओलीले कारबाही भए अदालत जान सुझाउँदै त्यतिबेला सहयोग गर्ने बचन दिए । यद्यपि यत्तिकैमा उनीहरु तयार भएनन् । ओलीले समाजवादी फुटाएर र यसअघि जसपा नेपालबाट अकोश राई नेतृत्वमा विभाजित भएर बनेको जसपालाई मिलाएर संसदको पहिलो दल बन्ने तयारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद आलेले आफूहरुले ‘फ्लोर क्रस’ नगर्ने बताए । ‘हामी प्रधानमन्त्रीको विपक्षमा मतदान गर्र्छौ’, आलेले भने, ‘बाहिर चलेका हल्लाहरु असत्य हुन् ।’ उनले पार्टीले ह्वीप राजी गरेकाले आफूहरुले ओलीको विपक्षमा मत दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us