प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, ६ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us