बीपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो: सभापति देउवा

काठमाण्डु टुडे २०८१ साउन ६ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन ।

आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले बीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको पनि बताएका छन । उनले भने, ‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरुवात गर्न पाउँदा खुसी लागेको छ ।

बीपी कोइराला हरेक विषयका एक योद्धा नै हुनुहुन्थ्यो । बीपीका बारेमा मैले भन्ने गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा छ । साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’ बीपी कोइराला आफ्नो सिद्धान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us