ओलीलाई करिब दुई तिहाइको समर्थन

काठमाण्डु टुडे २०८१ साउन ६ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्रीको मतको प्रयोजनाका लागि दिउँसो १ बजे प्रतिनिसभा बैठक बोलाइएको छ ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
ओली कांग्रेसििहत मधेस केन्द्रित दलको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिनिधिसभा २ सय २७ सदस्यीय छ । विश्वासको मत प्राप्त गर्न कम्तिमा १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेस ८८, एमाले ७९, अशोक राई नेतृत्वको जसपाका ७, सिके राउत नेतृत्वको जनमतका ६, नागरिक उन्मुक्तिका ४ सांसदले समर्थन गर्ने करिब निश्चित छ । यस्तोमा ओेलीले झण्डै दुई तिहाई मत पाउने छन् ।

ओलीको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मतदान गर्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us