कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

काठमाण्डु टुडे २०८१ साउन ५ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, ५ साउन– सत्ताको प्रमुख घटक कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली–१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us