काठमाण्डु, ५ साउन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले यस्तो जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले भोली (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।