कांग्रेसले ०८४ साल सम्म प्रतिपक्षमा बस्न चाहे पनि फरक परिस्थितिका कारण सरकारमा जानु परेको होः गगन थापा

काठमाण्डु टुडे २०८१ साउन ५ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री गगन थापाले निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसको बीचमा सरकार बन्ने परिस्थिति सिर्जना भएको दाबी गरेका छन ।

आज (शनिबार) जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै थापाले महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले कांग्रेसले ०८४ साल सम्म प्रतिपक्षमा बस्न चाहे पनि फरक परिस्थितिका कारण सरकारमा पुगेको बताएका छन । महामन्त्री थापाले भने, ‘कांग्रेसले २०८४ सालसम्म प्रतिपक्षमा बस्ने, उनीहरू नै एमाले सरकार चलाउन, कांग्रेसले देशभर सङ्गठित गर्ने, पार्टीलाई यस्तो अवस्था बनाऔँ कि कोहीसँग नटाँसिई वा अरु टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्ने पार्टीको वैचारिक सांगठनिक संरचना निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोचाई थियो ।

अहिले यस्तो परिस्थिति बन्यो भोलि त्यसको पटाक्षेप हुँदै जाला ।’ उनले अहिलेको पछिल्लो समयमा म सँधैभरी सबैलाई झुक्क्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपालेको अहिलेका सरकारहरू नबदलिने बताएका छन । माओवादी अध्यक्ष प्रचण्डको चकचकका कारण अहिलेको परिस्थिति आएको, यो परिस्थितिमा कांग्रेस र एमालेमा एउटा साझेदारी भएको बताए ।

अब यो किन भयो, हामी के चाहन्थौँ भन्ने बारेको चरणपनि अब सकिएको, एमाले–काङ्ग्रेसबिच समझदारी भएर सरकारमा रहेको र अब यसको पुष्टि एक्सनबाट हुनुपर्ने बताएका छन ।

उनले २०५१ सालमा मध्यावधि भएपछि एमाले ठुलो शक्तिको रूपमा आएको तर कांग्रेसले सुरु गरेको उदारीकरणको नीतिलाई अगाडि बढाउन नसकेको पनि थापाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us