कोटेश्वरको गेष्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाण्डु टुडे २०८१ साउन ५ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ५ साउन– प्रहरीले काठमाण्डुको कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरेको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका प्रहरीले जानकारी दिएको छ ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिएका छन ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us