
काठमाण्डु, ५ साउन– मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो। माटोको ढिस्कोले पुरिएका बुढाथोकी र मगर मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।
उनीहरू माटोको ढिस्कोले परिएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएर शव निकालेको प्रहरीले जनाएको छ ।