पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ५ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ५ साउन– पोखरामा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका९२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पोडी खेल्नेक्रममा डुबेर बुद्धचार्य र ताम्राकारको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं–२४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले दुबै जनाको शव निकालेको डिएसपी थापाले जानकारी दिएका छन । फेला परेका दुवै जनाको शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us