ओली–विद्याले नै पत्याएनन्, माधव सम्झिदै १० भाइ !

काठमाण्डु टुडे २०८१ साउन ४ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, ४ साउन– एमाले विभाजनको समयमा माधव नेपाललाई पार्टी विभाजन गर्ने हैसाउने एमालेका १० भाइहरु अहिले प्रधानमन्त्री ओलीको पोलानमा परेका छन । उनीहरुको भुमिका अहिले एमाले भित्र शुन्य जस्तै छ । संसद विगठनका बोला एमालेका वरिष्ठ नेता माधव नेपाललाई पार्टी विभाजन गर्न हैसाउने १० भाइले अन्तिम समयमा माधव नेपाललाई साथ दिएन्न ।

बरु ओलीसँग १० बुदे सहमति गरेर एमालेमै बसे । एमालेलाई सुधार गर्ने अध्यक्ष ओलीको एकाधिकार अन्त्य गर्ने उनीहरुको मुल उदेश्यका साथ उनीहरु एमालेमै बसेका थिए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आलोचना र विरोध गरेकै कारण उनीहरु अहिले अध्यक्ष ओलीको पोलानमा छन । कति सम्मभने अध्यक्ष ओलीले गत २८ असार चौथो पटक प्रधानमन्त्रीको रुपमा नियुक्त हुँदै गर्दा १० भाई समुह बाट ओली क्याविनेटमा एक जना पनि सहभागी हुन पाएन्न ।

१० भाइका रूपमा रहेको समूहमा डा.भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई चिन्ने गरिन्छ । ओलीले ‘१० भाइ’लाई पार्टी, संसदीय मोर्चादेखि सरकार कतै पनि राम्रो अवसर नदिई पेलेरै राखेका छन् । विगतमा ओलीको गलत कार्यशैलीको कडा आलोचना एवं विरोध गरेकै कारण उनीहरू अवसरबाट वञ्चित हुँदै आएका हुन् । १० भाइका रूपमा चिनिने यी नेताहरू तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल समूहका नेता हुन ।

यी नेताले नेकपामा रहेका बेला ओलीको गलत कार्यशैलीका विरुद्धमा कडा आलोचना र विरोध गर्दै आएका थिए । त्यसैले अहिले उनीहरु एमालेमा जिम्मेवार बिहिन जस्तै छन । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एक समूहमा उभिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दा उनीहरूले विरोध गर्दै आएका थिए ।

सर्वोच्च अदालतले ओलीको संसद् विघटनलाई असंवैधानिक कदमसमेत भएको फैसला गरेको थियो । झन्डै दुई तिहाइ बहुमतको सरकार ओलीकै कारण ढलेको थियो । ओलीको कार्यशैलीको विरोध गर्दै आए पनि ओलीले यी नेताको कुरा सुन्न चाहेनन् । अदालतकै फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतियो । पछि एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । तर, नेपाल समूहमा रहेका यी नेताहरूले भने विद्रोह गर्ने आँट गर्न सकेनन् ।

उनीहरू एमाले एकताकै पक्षमा उभिए । ओली नेतृत्वकै एमालेमा बस्न बाध्य भए । तर, ओली भने उनीहरूलाई कुनै अवसर दिन चाहँदैनन् । आफ्नो विरोध गर्नेलाई ओलीले छानीछानी सडकमा फाल्ने काम गर्दै आएका छन् । पार्टीको १०औं महाधिवेशन चितवनको सौराहमा हुँदैगर्दा ती नेतालाई मत नदिन ओलीले ‘फर्मान’ नै जारी गरेका थिए । कोही धोखाले पार्टीको जिम्मेवारीमा आए भने अधिकांश नेतालाई पार्टीको जिम्मेवारीबाट हटाउने काम ओलीले गरे ।

गत ४ मंसिर २०७९ मा भएको आमनिर्वाचनमा ओलीले कतिपय नेतालाई टिकट नै दिएनन् । ओलीले रावल, भुसालहरूलाई टिकट दिएनन् । भुसालले विद्रोह गर्दै उम्मेदवारी दिए । तर, पराजित भए । पछि उनी माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिवको जिम्मेवारी पाउँदै पार्टी निर्माणमा लागे । रावलले टिकटका ’दयगतमा ओलीसँग फोनमा कुरा गरे । रावलले ‘कमरेड मेरो टिकट के हुन्छ रु’ भन्दा ओलीले ‘भरे रेडियो नेपाल सुन्नुस्’ भन्ने जवाफ दिएका थिए ।

रावलले टिकट पाएनन्, घनश्यामजस्तै विद्रोह गर्ने आँट पनि गर्न सकेनन् । पार्टीको कुनै जिम्मेवारीमा समेत नरहेका रावल पार्टीको कार्यक्रममा समेत देखिँदैनन् । नेपाल समूहमा हुँदा रावलको सल्लाह नेपालका लागि अनिर्वायजस्तै थियो । अहिले जिम्मेवारीविहीन रावल कहिले काहीँ सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण भएको अनुभूति हुन्छ । रावलले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, उनलाई उम्मेदवारी नै नदिन ओलीले ह्वीप जारी गरे ।

उम्मेदवारी दिएपछि फिर्ता लिन निर्देशन दिइरहेका थिए । तर, ओलीको निर्देशन रावलले सुन्ने कुरै भएन । त्यसपछि रावलको हकमा ओली झन कडा रूपमा प्रस्तुत भए । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे पार्टीको उपाध्यक्ष छन् । तर, पार्टीको बैठकबाहेक अन्य काममा उनीहरूको सल्लाह ओलीका लागि आवश्यक हुँदैन । यिनीहरू सल्लाह दिन पनि जाँदैनन् र ओलीले लिन आवश्यक पनि ठान्दैनन् । गोकर्ण विष्ट, योगेश भट्टराई पार्टीमा सचिवमै दोहिरिए ।

तर, कतिपय नेताहरू ओलीनिकट भएकै कारण सचिवबाट बढुवा हुँदै उपमहासचिव भए । नवौं महाधिवेशनबाट सचिव भएका विष्ट, भट्टराईसँगैका प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसँगै १०औं महाधिवेशनबाट उपमहासचिवमा बढुवा भए । महासचिवमा पराजित शंकर पोखरेल सौराह महाधिवेशनबाट निर्विरोध महासचिव भए । अरू नेताहरू धोकाले केन्द्रीय कमिटीमा आए भने कोही बाहिर फालिए । १० भाइमध्येका विष्ट, भट्टराई, भीम आचार्य र रघुजी पन्त हाल सांसद छन् ।

पन्त सामानुपातिक सांसद हुन् भने अरू तीन जना निर्वाचित सांसद हुन् । अधिकांशले टिकट नै पाएनन् । तीन जनाले बल्लतल्ल टिकट पाएर निर्वाचन जिते भने पन्तले सामानुपातिक कोटाबाट संसद्मा छिर्ने मौका पाए । पछिल्लो समयमा यी सांसद ओलीनिकटका अन्य नेताहरूभन्दा बढी ओलीको पक्षमा खरो रूपमा उत्रिँदै आएका छन् ।

ओलीको ‘रक्षाकवच’जस्तै उनको पक्षमा यी नेताहरू उभिए पनि उनीहरूले कुनै असर भने पाउँदैनन् । ओलीलाई गिरीबन्धु टी–इस्टेट जग्गा घोटला प्रकरणमा जोडेर विरोध गर्नेहरूलाई उनीहरूले सडकदेखि सदनसम्म कडा रूपमा जवाफ फर्काएका थिए । ओलीका विश्वास पात्र मानिएका भन्दा बढी यी चार भाइले खरो प्रतिवाद गरे । यसबीचमा प्रचण्ड नेतृत्वको सरकारमा एमाले दुईपटक सहभागी भयो । अहिले ओलीले कांग्रेसको समर्थनमा सरकारको नेतृत्व आफैं गर्दै छन् ।

तर, यी १० भाइमध्येका कुनै पनि नेताले ‘मन्त्री’ हुने अवसर पाएनन् । एमाले अध्यक्ष ओलीको क्याविनेटा १० भाई समुहबाट सचिव योगश भट्टराई मन्त्री बन्ने चर्चा थियो । तर अन्तिम समयमा योगेश मन्त्री बन्न सकेन्न । नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पनि यसपटक मन्त्री बनाउने बचन दिएका थिए । एमालेको सचिवालय बैठकले योगेशलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री बनाउने निर्णय गरेको थियो । योगेशलाई सञ्चार मन्त्री बनाउने निर्णय भएको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराईयो ।

त्यस पछि योगेशले साथिभाइको बधाई सम्म खान भ्याय । पार्टीले मन्त्री बनाउने भए पछि योगेश पनि आफ्नो तयारीमा जुटेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगर्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न बुढानिलकण्ठ चपलीस्थित भण्डारी निवास पुगे । पूर्व राष्ट्रपति भण्डारीसँगको भेट पछि ओली योगेशलाई सञ्चारमन्त्री बनाउनबाट पछि हटे ।

तर यस पटक योगेशलाई मन्त्री बनाउने बचन दिएका ओली भने रोकेका होईन्न । पार्टी सचिवहरु मध्यबाट एक जनालाई मन्त्री ओलीको अडान आइतबार रातिसम्म नै थियो । विद्याले मन्त्रीनाम सुचिबाट योगेशलाई हटाउन भने पनि अध्यक्ष ओली यस पटक योगेशलाई सञ्चारमन्त्री बनाउने मोडमा थिए । आइतबार राति सम्म पनि योगेशको नाम सञ्चारमन्त्री मै थियो ।

योगेशलाई सञ्चार मन्त्री बनाउनपछि नहट्ने निर्णय भएको सङ्केत पाए पछि नै आइतबार रातिनै एमाले उपमहासचि विष्णु रिमाल, भानुभक्त ढकाल, सुर्य थापा लगाएतको एक टोली ओली निवास बालकोट पुगे । उनीहरुले हिजो पनि माधव समुहमा रहेर धोका दिएको र भोली पनि धोका दिने भन्दै योगेशलाई मन्त्री नबनाउन अध्यक्ष ओलीलाई दबाव दिए ।

उनी हरुको दबाब थेग्न नसके पछि अध्यक्ष ओली पनि योगेशलाई मन्त्री बनाउनबाट पछि हट्न बाध्य भए । यस्तै १० भाइ समुहबाटै सचिव गोकर्ण बिष्ट र भीम आचार्य ले मन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए । तर उनीहरुको नाम समावेशनै गरीएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us