काँग्रेस एमाले सुध्रिएर मिलेका होइनन्, यो खतरनाक हुन सक्छः लामिछाने

काठमाण्डु टुडे २०८१ साउन ३ गते २०:३४ मा प्रकाशित

काठमाण्डु, ३ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काँग्रेस र एमाले विगतका गल्ती महसुस गेर देशको स्वार्थका लागि नमिलेको आरोप लगाएका छन् ।

पार्टीद्वारा बिहीबार आयोजित नीति मन्थनलाई सम्बोधन गर्दै उनले काँग्रेस–एमालेबीच स्वार्थको गठजोड भएको बताए । यसले भागबण्डाको राजनीतिलाई थप मलजल गरेको उनको टिप्पणी थियो ।

‘भागबन्डाको राजनीति, नियामक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छ’, उनले भने, ‘सही नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो । एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो ।’

लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस–एमाले मिलेको जिकिर उनको छ । कांग्रेस–एमालेको सत्ता सहकार्य मुलुकका लागि थप खतरनाक हुनसक्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us