काठमाण्डु, ३ साउन– प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री भएका बेला सोही जिम्मेवारीमा दिए । खतिवडा नेकपा कालमा ओली सरकारमा अर्थमन्त्रीसमेत भएका थिए ।
खतिवडा यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्रबैंकका गभर्नर र अमेरिकाका लागि राजदूत भइसकेका छन् ।
सोमबार पदबहाली गरेका ओलीले यसअघि बुधबार राजेश बज्राचार्यलाई प्रमुख राजनीतिक सल्लाहकार र रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।