देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त छन्: ऊर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८१ साउन ३ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ३ साउन– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त भएको दाबी गरेका छन ।

आज बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन । उनले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको पनि बताएका छन ।

उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिए । त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने जानकारी दिएका छन ।

मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा ध्यानाकर्षण भएको पनि बताएका छन । उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us