गएरातिको वर्षाले डुब्यो राष्ट्रिय सभा गृह

काठमाण्डु टुडे २०८१ साउन ३ गते ११:११ मा प्रकाशित

काठमाण्डु, ३ साउन– गएराति भएको अविरल बर्षाको कारण प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ राष्ट्रिय सभागृह डुबानमा पर्ने गरेको छ ।

यस्तै यस स्थानमा रहेको काठमाण्डु महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us