पूर्व प्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे अध्यक्ष लिङ्देन

काठमाण्डु टुडे २०८१ साउन २ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, २ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री आदरणीय लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

‘अस्वस्थ भई काठमाण्डुको वीर अस्पतालमा भर्ना भएका चन्दलाई टाइफाइड र पिसाबमा इन्फेक्सन देखिएको छ’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देन,निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले बुधवार अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us