
काठमाण्डु, २ साउन– स्वास्थ्यमा समस्या आएपछि पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो ।
राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले अस्पतालको भीभीआइपी कक्षमा उपचार चन्दको भइरहेको जानकारी दिएका छन ।