
काठमाण्डु, २ साउन– आज बुधबार रसुवा केन्द्रबिन्दु भएर दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि आज बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।