सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

काठमाण्डु टुडे २०८१ साउन २ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २ साउन– सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us