काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरेका छन ।
ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् । अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
एमाले अध्यक्ष ओली गत २८ असरामा सविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।