महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ साउन १ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, १ साउन– महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा बुझाएका छन । प्रधानमन्त्रीमा एमाले अध्यक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा तानिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us