ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ साउन १ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, १ साउन– ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला परेका छन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समिर नाल्बो मृत अवस्थामा फेला परेका हुन ।

नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us