जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन १ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १ साउन– प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नासो गाउँपालिका–५ थोचे बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–५ घर भएका ४० वर्षीय तेजेन्द्र बिक रहेको प्रहरीले जानकारी दिएको छ ।

बिकले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धारापानी र जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us