काठमाण्डु, १ साउन– आज मंगलबार समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने स्रोतले जानकारी दिएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिएका छन । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि ति नेताले जानकारी दिए ।
समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।
यसअघि मोर्चामा समावेश उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।