सिमलतालबाट त्रिशूलीमा खसेको बसका यात्रुमध्ये थप एकको शव भेटियो

काठमाण्डु टुडे २०८१ साउन १ गते ९:३१ मा प्रकाशित

काठमाण्डु, १ साउन– मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर–२९ सिमलतालमा पहिरोसँगै दुई बस त्रिशुलीमा खस्दा हराएका मध्ये थप एक यात्रुको शव फेला परेको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक–७ गैरीमा पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो ।

शव निकलोर पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us