काठमाण्डु, १ साउन– रूकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ बगरमा बाढीले घर भत्किँदा तीन बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ र वर्षीया मनिषा सार्की छन् ।
आठबिसकोटका मेयर रवि केसीले बाढीमा ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको जानकारी दिए । बाढीमा परेर ७ जना घाइते भएका छन् । रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले घटनाबारे जानकारी भएलगत्तै उद्धारका लागि प्रहरी पठाइएको जानकारी दिए ।
तर, बाढीले सडक भत्किएका कारण घटनास्थल पुग्न ढिलाई भएको उनले बताए ।