काठमाण्डु, २६ असार–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ ।
माओवादी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।
एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले शुक्रबारको संसद बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।