त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाखको सुनसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ७ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङ रहको प्रहरीले जानकारी दिएको छ ।

कतारबाट काठमाण्डु आएका मोहम्मद दिलसाद खाँको साथबाट ९ लाख ९९ हजार मूल्य पर्ने भन्सार छलीको सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।

परियार र गुरुङ सुन सङ्कलन गर्न जाँदा पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी भट्टराईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us