कांग्रेस संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ असार ७ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।

संसदीय दलको बैठकले असार ९ मा बजेट पारित हुने दिन आफ्ना सबै सांसदलाई संसदमा उपस्थिति हुन निर्देशन दिने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us