काठमाण्डु, ७ असार– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश सभाको बैठकमा अवरुद्ध गरेको छ ।
प्रदेश सभाको चौथो अधिवेशनको १५औं बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सत्ता पक्षले एकलौटी ढंगले संघीयताविरोधी बजेट ल्याएको बताएपछि कांग्रेस सांसदहरूले बैठक अवरुद्ध जनाएका थिए ।
कांग्रेसको विरोधपछि सभामुख तुलाराम घर्तीले दलहरूबीच सहमतिका लागि आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर दलहरूबीच सहमति नजुटेपछि प्रदेश सभा ९ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।