
काठमाण्डु, ७ असार– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने तयारी गरेका छन । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका स्रोतले जानकारी दिएको छ ।
भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।