कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा युवक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ७ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रहरीले सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच बनाएर कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको महागढीमाई घर भएका ३१ वर्षीय उमेशकुमार गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनले  (neo HRIS) नामको सफ्टवेयरको सोर्स केडमा पहुँच बनाएर बौद्धिक सम्पत्तिमा आघात गर्ने गरी स्रोत सङ्केत चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन ।

रोपी त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत रहेका थिए । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us