मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार ७ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, ७ असार– आज (शुक्रबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो साता सोमबार नबसेको बैठक शुक्रबार बस्न लागेको ती मन्त्रीले जानकारी दिए ।

आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।

जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने भएको बताइएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us