
एजेन्सी– अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ६ सय भन्दा बढीको मृत्यु भएको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जानकारी दिएका छन ।
मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको भएको समाचारहरुमा उल्लेख गरीएको छ ।
मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू त्यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन ।
भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले बताएका छन ।
हज यात्राका क्रममा बर्सेनि ल यत्तिका सङ्ख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरूले जानकारी दिएका छन ।
एक अधिकारीले भनेका छन् ‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदै छ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो ।’